मुक्तिनाथ विकास बैंक चौथो पटक गोल्ड अवार्डबाट सम्मानित


मुक्तिनाथ विकास बैंक चौथो पटक गोल्ड अवार्डबाट सम्मानित भएको छ ।
ईकोनोमिक खबर, काठमाण्डौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (वेष्ट प्रेजेण्टेड यानुअल रिपोर्ट अवार्ड २०२२) मा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७८र०७९ को लागि मुक्तिनाथ उक्त अवार्डबाट सम्मानित भएको हो ।
गत शुक्रबार, काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको हो ।
यो पुरस्कारबाट बैंक आर्थिक वर्ष २०७५र०७६, २०७६र०७७, २०७७र०७८ र २०७८र०७९ मा समेत पुरस्कृत भएको बैंकले जनाएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले (वेष्ट प्रेजेण्टेड यानुअल रिपोर्ट अवार्ड २०२२०) विभिन्न ४ विधामा प्रस्तुत गरेको थियो । 
विधाहरुमा
१। बैंकिङ्ग क्षेत्र (बाणिज्य बैंक समूह) 
२। वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु)
३। शक्ति र उर्जा क्षेत्र 
४।निर्माण क्षेत्र रहेका छन्। ।
विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्बोकृष्ट पुरस्कार प्राप्त गरेको छ । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे वापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।