
ईकोनोमिक खबर, काठमाडौं। फ्रेन्च डिएनएको सिट्रोन ईसीथ्री एक अत्याधुनिक विद्युतीय गाडी हो जसले परिवर्तनलाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रातर्फ अघि बढिरहेको छ। इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ईसीथ्री बजारमा गेम चेन्जरको रूपमा आएको छ ।
२९.२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित ईसीथ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । विद्युतीय पावरट्रेनले ईसीथ्रीलाई परम्परागत विद्युतीय गाडीहरूबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ । साथै, डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनिले दाबी गरेको छ।
मनमोहक र फ्युचरिस्टिक डिजाइन भएको ईसीथ्रीको स्लिक बडी, बोल्ड लाइनहरू र सुन्दर डिटेलहरूले आकर्षक सवारी साधनहरू उत्पादन गर्ने सिट्रोनको प्रतिबद्धतालाई दर्साउँदछ । आकर्षक डिजाइनको साथै यसको रेञ्ज पनि राम्रो छ।
विद्युतीय गाडि भएकोले ईसीथ्रीले वातावरणिय स्वच्छतामा पनि योगदान पु¥याउँछ। आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडि बढ्न चाहने जो सुकैको लागि ईसीथ्री एउटा उपयुक्त रोजाई हो।
अहिले नेपाली बजारमा लाइभ र फिलगरि ईसीथ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन्। लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको छ जुन भारतमा बनेको विद्युतीय गाडीहरु मध्ये सबैभन्दा कम मूल्य हो । यस मूल्य निर्धारण रणनीतिले गुणस्तर, कार्य सम्पादन वा शैलीमा सम्झौता नगरी विद्युतीय गतिशीलतालाई अँगाल्न उपभोक्ताहरूलाई थप सक्षम बनाउँछ।