नेपाल लाइफका ३ जना संचालकको पदबहाली


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न हुँदा  बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका छन।

साथै, निर्वाचन सम्पन्न भए पश्चात् चैत २ गते बसेको कम्पनी संचालक समितिको ३९३ औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष  गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका थिए।