एलपी ग्याँस उद्योगीसँग ५ बुँदे सहमती, ग्याँसको मुल्य भने यथावत भएन


काठमाडौं। एलपी ग्याँस उद्योगीहरुले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगीत भएका छन्।

मंगलबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतीका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्याँस व्यवसायीबीच भएको वार्ताबाट सहमति भएको हो।

सहमतिमा फागुन १८ गते वाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा समायोजन गरेको जानकारी गरिएको छ भने, मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई एलपी ग्याँसको आपूर्ति सहज निगमले उपसमिति बनाइ अध्ययन गरी अघि बढाउने, व्यवसायीले कमिसन २.५ बाट ५ प्रतिशत गरेको मागका सन्दर्भमा भने निगमले उपसमिति बनाई काम अघि बढाउने कुराहरु उल्लेख गरिएका छन्।

मन्त्रालयमा भएको छलफलपछी एलपी ग्याँसको प्रति सिलिन्डिर १२ रुपैयाँ ७५ पैसा मूल्य बढाउने सहमती भएको छ।

नेपाल आयल निगम र ग्याँस उद्योगीबीच मूल्य बढाउने सहमती भएपनी उपभोक्तामाथी भने उक्त भार नथपिने निगमले जनाएको छ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका प्रसाद भट्टका अनुसार ग्याँसमा प्रतिसिलिन्डिर १२ रुपैयाँ ७५ पैसा मूल्यवृद्धि भए पनी त्यो उपभोक्ताले तिर्नुपर्दैन ।

थप मूल्य निगमले नै व्यहोर्नेछ:

आयल निगमलाई अहिले प्रतिसिलिन्डिर ३३० रुपैयाँ घाटा रहेको छ । उक्त घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट मेकप भइरहेको निगमले जनाएको छ।

अहिले दैनिक रूपमा १ लाख सिलिन्डिर बिक्री हुने गरेको निगमले जनाएको छ। उद्योगीसँगको सहमती अनुसार बढेको मूल्य जोड्दा प्रतिसिलिन्डिर ३४२ रुपैयाँ ७५ पैसा घाटा हुनेछ।

ग्याँस उद्योगीहरुसँग भएको सहमती अनुसार आन्तरीक र बाह्य ढुवानी भाडा समायोजन भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले उद्योगीका समस्याहरु समाधान गर्ने बिषयमा सरकार सकारात्मक रहेको बताएकाछन्।

उद्योगीका उपयुक्त मागहरु सरकारले प्राथमिकतामा राख्ने बताउँदै उनले सरकार सबैको हो भन्ने भावनाको विकास हुनुपर्नेमा जोड दिए।