
सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिकाले महाशिवरात्रीको अवसरमा शिव र बुद्ध भगवान् तथा दुधौली लेखेको पहिचान अनावरण गरेको छ।
दुधौली नगरपालिकाद्धारा शहिद स्मृति शान्ति पार्कमा निर्मित शिव र बुद्ध भगवान्को मूर्तिमा अनावरण गरिएको हो ।
दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शिव र बुद्ध तथा दुधौली लेखेको कार्यक्रमको अनावरण गरेका हुन्।
दुधौलीलाई उत्कृष्ट नगर बनाउन सफल प्रमुख अधिकारीले आगामी दिनमा दुधौलीलाई नमूना नगर बनाउने दावी गरेका छन्।
यस्तै, कार्यक्रममा दुधौली नगरपालिकाका उप-प्रमुख चन्द्र किशोर थारु, सिन्धुली जिल्ला समन्वय पूर्व उप – प्रमुख सम्झना अधिकारी, दुधौली नगरपालिका वडा नम्बर १० का अध्यक्ष कुमार शर्मा, विभिन्न राजनीतिकदलका प्रतिनिधिहरु, कर्मचारीहरुलगायतको उपस्थितिमा कार्यक्रमको गरिएको थियो।