
ईकोनोमिक खबर, काठमाडौं। सानिमा बैंक लिमिटेडले नयाँ शाखा लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर–७ मा आज देखि बैंकिङ्ग सेवा विस्तार गरेको छ।
यस बैंकका ब्रान्ड प्रबद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंशआचार्य(मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रुपमा उक्तशाखा कार्यालयको समुद्घाटन गर्नुभयो।
समुद्घाटन् समारोहमा मह जोडीले लमजुङ्गको बेसीशहरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो। त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री पवनकुमार आचार्यद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।