सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग


काठमाडौं /  सांसदहरुले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन्।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज उनीहरुले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।