इकोनामिक खबर,
काठमाडौं। आगामी चैत अन्तिम साता भार्गव विकास बैंकको वार्षिक साधारणसभा आयोजना हुने भएको छ। बैंकले चुक्ता पूँजीको ६५ नगद लाभांश पारित गर्ने मुख्य एजेन्डा बनाएको छ। आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल हुने जनाएको छ।
साधारणसभामा लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक तोक्ने लागायत प्रस्ताव पेश गरिनुका साथै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको बैंकले जनाएको छ।
बैंकले साधारणसभा प्रयोजनका लागि चैत २२ गते बुक क्लोज गरेको छ । चैत २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र नगद लाभांश पाउने भएका छन्।