चन्द्रगिरि नगरपालिकाको कार्यसम्पादन अनुकरणीय : विश्व बैंकका प्रतिनिधि


काठमाडाैं,  ५ फागुन – विश्व बैंकको दक्षिण एशियाका क्षेत्रीय निर्देशक म्याथ्यु भर्गिससहितको उच्च प्रतिनिधिले काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेका कामको प्रशंसा गरेका छन्।

नगरपालिकाको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहको अनुकरणीय रहेको उनीहरूको भनाइ छ।

योजना तर्जुमा, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजश्व व्यवस्थापनमा संलग्नता र सहभागिता टोलीले सराहाना गरेेको छ।

नेपालमा सङ्घीयता कार्यान्वयनपछिको तीन तहका सरकाबीचको समन्वय र सहकार्यका बारेमा जिज्ञासासमेत राखेको थियो।

विश्व बैंकको दक्षिण एशियाका क्षेत्रीय निर्देशक भर्गिसले चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको सेवा प्रवाहको अनुभव अन्यत्रका लागि अनुकरणीय हुने बताउनुभयो।

नेपाल भ्रमणका क्रममा चन्द्रागिरि नगरपालिकाका गतिविधिका बारेमा जानकारी लिन पाउनु आफ्ना लागि ऐतिहासिक क्षण रहेको उहाँको भनाइ छ।