लोकतान्त्रिक पत्रकार सङ्घको संयोजकमा वर्मा


काठमाडौं। सर्लाहीका कामरेन्द्र वर्मालाई आज लोकतान्त्रिक पत्रकार सङ्घको केन्द्रीय संयोजक पदमा मनोनयन हुनु भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट लोकतान्त्रिक पत्रकार सङ्घ गठन भएको छ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको विधान अनुसार सर्लाहीका कामरेन्द्र वर्मालाई आज सङ्घको केन्द्रीय संयोजक पदमा मनोनयन गर्नुभएको छ।

देश, मधेस एवं पार्टीको हितमा कार्यकाल उपलब्धिमूलक हने विश्वास लिइएको उहाँले बताउनुभयो।

सङ्घको बाँकी कार्यसमितिलाई चाँडै पूर्णता दिइने संयोजक वर्माले जानकारी दिनुभयो।

लामो समयदेखि पत्रकारितामा क्रियाशील वर्मा लालटिन खबरको मधेस प्रमुख समाचारदाता र हिमालिनी पत्रिकाको क्षेत्रीय प्रबन्धक हुनुहुन्छ।