आजको राशिफल


आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ):  मावली बाट  काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु आफ्नै पक्षमा हुनेछन् । पढाइ, लेखाइमा अरुभन्दा अग्रपंतिमा नाम आउने तथा विजयको योग रहेकोछ । व्यापार, शेयर बजार र उद्योगबाट नाफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो): अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकाले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा विलाशी वस्तु प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोरा छोरीको प्रगती देख्न पाइनेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा): आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ।

राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्यम रहेकाले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, समर्थन नपाईन सक्छ । विद्यामा सफलता प्राप्त गर्न अलिक बढी नै मेहनेत गर्नु पर्नेछ । सवारी साधनको व्यापार व्यवसायमा बढी मेहनेत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) अर्थ उपार्जनका विभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । शेयर बजार तथा व्यापारबाट मनग्गे आम्दानी हुनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईंले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न रहनेछ । विवादित विषयहरुको नतिजा तपाईं आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ । समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । विद्या तथा प्रतिस्पर्धीहरु हार खानेछन् । परिवारका साथ रमाइलो वातावरण तथा हाँसखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ । व्यापार, शेयरबजार तथा उद्योगबाट लाभ लिन सकिनेछ ।