साइपालमा एभरेष्ट बैंकको शाखा उद्घघाटन, ७५३ स्थानीय तहमा पुग्यो बैंकिङ पहुँच


नेपाल राष्ट्र बैंकका गनर्भर महाप्रसाद अधिकारीले बैंकिङ पहुँचबाट टाढा रहेको बझाङ जिल्लाको साइपाल गाउँपालिकामा बैंकिङ सेवा उद्घघाटन गरेका छन्।

उनी बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा कार्यालय उद्घघाटन गर्न पुगेका हुन् ।

साइपाल ७५३ वटा स्थानीयतहमध्ये सबैभन्दा अन्तिममा बैंकको पहुँच पुग्ने पालिका हो । यही पालिकामा बैंक स्थापना भएर सञ्चालनमा आएको महिनौंपछि आज गभर्नर अधिकारीले हेलिकप्टर चढेर कार्यालयको उद्घघाटन गरेका हुन् ।

सोमबार एभरेष्ट बैंकको शाखा कार्यालय उद्घघाटनका लागि गभर्नर अधिकारीसँगै एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ पनि साइपाल पुगेका थिए ।