ईकोनोमिक खबर, काठमाण्डौं। मदनपोखरा ७ पाल्पाका कृषि उद्यमी ढकेश्वर घिमिरे जनसेवाश्री पदकबाट सम्मानित हुनुभएको छ।
स्वदेशमा उत्पादित अर्गानिक कफीको प्रवद्र्धन तथा बजारीकरणमा अनुकरणीय काम गरेको भन्दै सरकारले उहाँलाई जनसेवाश्री पदकबाट सम्मान गरेको हो । शुक्रवार एक विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनसेवाश्री पदकबाटसम्मान गर्नुभएको हो । नेपालमा उत्पादित अर्गानिक कफीको बजारीकरणमा घिमिरेको योगदान रहेको छ । घिमिरेले झण्डै ४० वर्षदेखि नेपाली कफीको प्रवद्र्धनमा लागि रहनु भएको छ।
1681628952.jpg)
२०४९ मा स्थापना भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको गठनमा घिमिरेको महत्वपूर्ण भूमिका रहेको कृषि क्षेत्रका जानकार बताउँछन् । राष्ट्रको यो सम्मानले आउँदा दिनमा नेपाली कफीको बजारीकरण र उत्पादनमा लाग्नका लागि थप प्रेरणा मिलेको घिमिरेले बताउँनु भयो।
नेपालका ४२ जिल्लामा कफीको उत्पादन हुने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिव ५ सय मेट्रिक टन कफी उत्पादन हुने गरेको छ । विश्व बजारमा नेपाली कफीको माग भएपनि अपेक्षाकृत उत्पादन बढाउन भने सकिएको छैन ।
