ईकोनोमिक खबर, काठमाण्डौं। नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम् सँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्तातर्फ ३०जना तथा विक्रेतातर्फ ३०जना) ६० जना विजेताहरुको नाम लक्की–ड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जस अन्तर्गत उपभोक्तातर्फ ४७ तोला तथा विक्रेतातर्फ ४७ तोला सुन उपहार राखिएको थियो ।
आज सम्पन्न मेगा लक्कीड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कार बापत२ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चन्चल चौधरीले ५÷५ तोला सुन प्राप्त गरेका छन।
दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराजकार्की, चन्दन सिंह र सुरेश गरी ४ जनाले ३÷३ तोला सुन जितेका छन।
तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्शन प्रा.लि., हेल्थ एण्ड हाईजनिक प्रा.लि., अरुण यादव तथा मनोज यादव गरी ६ जनाले २÷२ तोला सुन जित्न सफल भएका छन्। साथै चौथो ८ जनालाई १÷१ तोला सुन तथा अन्य १० जनाले आधा÷आधातोला सुन जित्न सफल भएका छन् ।
यस अघि भएका मासिक लक्की–ड्रहरुबाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यशाली विजेताहरुको छनौट भईसकेको छ, जस अन्तर्गत ४ जोडिले थाईल्याड भ्रमण, ८ जोडिले गोसाईकुण्ड हेली टुर, २० जोडिले माउन्टेन फ्लाईट, २८ जनाले आधा के.जी.चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्रि, १६ जनाले सुनको औंठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन् ।
साथै क्गचभ कजयत पुरस्कार मार्फत पनि २लाख२५हजार भन्दा बढि ग्राहकहरुले सुन, चाँदी तथा नगद उपहारबाट लाभान्वित भएका छन् । शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि “शिवम्सँग उपहार टन्न”उपहार योजना सार्वजनिक गरेको थियो, जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्तगरि रु. २००÷– देखि रु. ५००÷– सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्राम देखि ५ ग्राम सम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाईएको थियो । यस योजनामा छोटो समयमै ग्राहक महानुभावहरुको उल्लेख्य संख्यामा सहभागिता रहेकोे थियो । यो उपहार योजनामिति २०७९ मंसिर १८ देखि नेपालभरी लागू गरिएको थियो ।
शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाईएको असली ओ.पि.सि. सिमेन्ट हो । ओ.पि.सि सिमेन्ट मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकाल देखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रिवितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रिवितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९ ९ल्क् त्तगबष्तिथ ब्धबचम(द्दण्ज्ञढ० प्रथमबाट पुरस्कृत भएको थियो भने हालै द्यष्श ल्भधकद्वारा त्जभ द्यभकत ःबलबनभम ऋयmउबलथ या तजभ थ्भबच(द्दण्द्दद्द, ब्धबचमद्वारा सम्मानित गरेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न ठुला–ठुला आयोजनाहरुका अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।
“भरोसा अटुट सम्बन्धको”, “त्तगबष्तिथको मामलामा ल्य ऋयmउचयmष्कभ, “गुणस्तरको पहिचान हो शिवम्” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुलनाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफलभएको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोगगरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा द्यक्ष्क् ९क्ष्क्क्ष्०,ग्च्क्प्रमाणित क्ष्क्इ ऋभचतषष्अबतभकप्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।