आज नेपाली बजारमा बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ३० रूपैयाँ किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।