नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ३० रूपैयाँ किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।