इकोनामिक खबर
काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ।
नेपाल इन्भेष्टमेण्ट बैंकले ‘गरिमा रेमिट’ सेवा प्रवाह गर्ने सम्बन्धी गरिमा विकास बैंकसँग उक्त सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गर्नुभयो।
सम्झौतापश्चात हाल देशभर रहेका नेपाल इन्भेष्टमेण्ट बैंकका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिटमार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ।