नेपाल कृषि महासंघको ११ औँ वार्षिक साधारण शभा सम्पन्न


ललितपुर । नेपाल कृषि महासंघको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

ललितपुरको हरिहभवनस्थित कृषि विभागको सभाहलमा भएको कार्यक्रमा गत आर्थिक वर्ष २०८०/०८१ मा संचालन गरिएका कार्यक्रम र चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु अनुमोदन गर्दै साधारण सभा समापन भएको हो।

महासंघले कृषि सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय गोष्ठी गर्नुको साथै राजपत्राकिंत प्राविधिक कर्मचारीको व्यवस्थापन तथा समायोजन विज्ञप्तीलगायत कृषि क्षेत्रको विकासको लागि सरोकारवाला निकायहरुबीच छलफल तथा अन्तिक्रिया कार्यक्रम गर्दै आइरहेको छ।

चालु आर्थिक वर्षमा हेन्ड वुक अफ एग्रिकल्चर किताव प्रकाशन गर्ने कार्यक्रम रहेको महासंघका पदाधिकारीले जानकारी दिए । महासंघका सल्लाहकार एवं पूर्व सचिव गणेश बहादुर के.सी. ले महासंघले राम्रो कामको सुरुवात गरेकोले यसलाई अझ बढाउदै जानुपर्ने बताए।

त्यसैगरी, कृषि विभागका उप-महानिर्देशक इन्जिनियर जगन्नाथ तिवारीले महासंघसगँको सहकार्यमा राम्रा कार्यहरु भएको र आगामी दिन पनि हुने बताए ।

नेपाल कृषि महासंघका अध्यक्ष शिव सुन्दर श्रेष्ठले कृषिको उत्पादन र उत्पादकत्व बढाउन बढाई गरिवी निवारण गर्नु पर्ने आजको आवश्यकता रहेकोले संरचनागत सुधारसँगै नीति नियमको कार्यन्वयनमा जोड दिनुपर्ने बताए ।

साधारण सभामा महासंघका उपाध्यक्ष मोहन बहादुर थापाले कृषिको विकासको लागि सरोकारवाला निकायहरु छलफल तथा अन्तिक्रिया गरिदै आएको बताए ।

यसैगरी, कार्यक्रममा मल विउ, बजार, युवा जनशक्तिको अभाव जस्ता कृषिमा देखिएका समस्याको समाधानको लागि सशत्त तरिकाले कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता रहेको महासंघका महा – सचिव परशुराम अधिकारीले बताए ।

कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहबीच सम्बन्ध प्रभावकारी बनाउन महासंघले भूमिका खेल्नु पर्ने, वालीनालीमा जंगली जनावरले पु-याएको क्षति, युवा जमात विदेश पलायन हुने चिन्ताको विषय रहेको उल्लेख गरिएको थियो ।

कार्यक्रममा हिमालयन आइटी र छपाई सम्बन्धि कार्यमा हिसी प्रिन्टिङलाई कदर – पत्र प्रदान गरिएको थियो ।

नेपाल कृषि महासंघ व्यवसायिक सीप अभिवृद्धि, कृषि तथा पशुपालन क्षेत्रको हितको रक्षा गर्न सन् २००६ को जनु २८ मा विभिन्न कृषि व्यवसायी समाजहरुको छाता संगठनको रुपमा स्थापना भएको थियो । यस महासंघमा नेपाल कृषि आर्थिक समाज, नेपाल वागवानी समाज, वाली सरक्षण समाज नेपाल, नेपाल फिसरिज सोसाईटी, नेपाल विज्ञान समाजलगायतका १२ वटा संस्थाको आवद्धता रहेका छन।

महासंघले कृषि विज्ञान र प्रविधिको क्षेत्रमा कृषक, उद्यमी, कृषकहरु र नीति निर्माताहरुबीच ज्ञानको आदान प्रदानका कार्यहरु गर्दै आइरहेको छ ।