
ईकोनोमिक खबर, काठमाण्डौं। कृषि बिकास बैंकको बैंक संचालक समितिबाट प्रमुख कार्यकारी अधिकृत नियूक्तिका लागि सिफारीस गर्न गठीत उपसमितिको सिफारीसका आधारमा बैंक संचालक समितिले श्री गोविन्द गुरुङलाई ४ वर्ष कार्य अवधीका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियूक्ति गरेको छ।
नवनियूक्त प्रमुख कार्यकारी अधिकृत विगतमा सिभिल बैंक लि र सिटिजन बैंक म्यानमारमा प्रमुख कार्यकारी अधिकृत पदमा समेत कार्यरत रहिसक्नु भएका निज गुरुङसंग बैकिङ्ग क्षेत्रको लामो अनुभव रहेको छ । कार्यन्वयनमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार नवनियूक्त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बैंक संचालक समितिका अध्यक्ष समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार संचालक समिति बैठकका अध्यक्ष सुमन दाहालले प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई सपथ ग्रहण गराउनु भयो।
उक्त अवसरमा संचालक समितिका सदस्यहरु क्रमशः डा.राजेन्द्र प्रसाद मिश्र, संजिव पौडेल, हरिप्रसाद पराजुली, बिनोद कुमार गुरांगाई बैंकका उप–महाप्रबन्धकहरु क्रमशः प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, दिर्घ बहादुर अर्याल, बाबुकाजी थापा, प्रेम कुमार श्रेष्ठ, मुख्य निर्देशक निर्मल प्रसाद उपाध्याय, कम्पनी सचिव तथा प्रबक्ता हिमलाल पौडेल र सचिवालयका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो।
नवनियूक्त प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकमा हाल कार्यरत उप–महाप्रबन्धकहरु सम्पूर्ण विभागका विभागीय प्रमुखहरु सवैको उपस्थितीमा कर्मचारी बैठक आव्हन गरी बैंकका समग्र गतिविधिका बारेमा जानकारी लिई आगामी दिनमा परिवर्तित बैकिङ्ग बजारलाई बुझेर बैंकलाई अझ बढी सशक्त ढंगले अगाडी बढाउने गरी विभागीय कार्यहरु अगाडी बढाउन निर्देशन दिनु भयो।