काठमाडाैं । पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखरा उडेको यति एयरलायन्सको बिमान अवतरणको क्रममा दुर्घटनामा परेको हो ।
एएनसी एटीआर ७२ जहाजमा दुई पाइलट,दुई एयर होस्टेजका साथैं ६८ जना यात्रु थिए।
विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो ।
जहाज विमानस्थल नजिकै सेती खोँचमा खसेको एयरलायन्सले जनाएको छ । अहिले दुर्घटनामा परेर मृत्यु भएका १६ जनाको शव निकालिसकिएको छ ।
मृत्यु हुनेहरुमा अधिकांश गुरुङ थरका छन् । उक्त जहाजका क्याप्टेनहरु कमल केसीले उडाएका थिए । एयर होस्टेजहरु के.राना र एस.आर. ठकुरी थिए । अहिले सशस्त्र प्रहरीको कालिका गण, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले घाइतेको उद्धार गरिरहेको छ ।
आज विहान पोखरास्थित दुई वटा विमानस्थलको बीचमा भएको यति एयरलाइन्सको एटिआर ७२ जहाज दुर्घटना निकै रहस्यपूर्ण र खोजपूर्ण छ । सामान्यतया धावनमार्ग नजिकै जहाजहरु समस्या आएमा जहाजलाई ग्लाईड गरेर धावनमार्ग सम्म पु-र्याउन सकिन्छ ।
कर्णालीमा इन्जिन फेल भएका दुई वटा जहाज फोर्स ल्याण्डिङ गर्दा यात्रुहरु बचाउन सकिएको छ भने सिंगल इन्जिन भएको कार्गो जहाजका पाइलटले कर्णाली नदिमै फोर्स ल्याण्डिङ गरेर जहाजबाट उत्रिएर बाँच्न सफल भएका थिए ।
तर, आज दुर्घटनाग्रस्त भएको जहाजमा गम्भिर समस्या देखिएको छ । जसले पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण सदाका लागि जोखिमपूर्ण हुनसक्ने देखिएको छ ।
पोखराको नयाँ बनेको विमानस्थलतर्फ अघि बढ्दै गरेको जहाज सामान्य अवस्थामा अवतरण गर्दै थियो । स्पीड र उचाई दुवै सामान्य थिए । तर, दुर्घटनास्थल नजिकै आईपुगेपछि जहाज बायाँतर्फ मोडिएर उताने परेर भुईमा बजारिन पुगेको छ ।
जहाजको बायाँतर्फ के समस्या थियो र त्यसरी भुईमा बजारियो भन्ने खुल्न बाँकी छ । सामाजिक सञ्जालमा प्राप्त भिडियो (तथ्य जाँचमा सम्पादन नगरिएकोले सत्य ठानिएको) मा जहाज हुत्तिएर बायाँ मोडिएको देखिएको छ । बायाँ मोडिँदा जहाज पुरै उल्टोपाल्टो हुँदै सेतीनदिको खोचमा पुगेको देखिएको छ ।