नेपाल बैंकर्स संघले मुद्धती निक्षेपको ब्याजदर घटाउन प्रस्ताव


काठमाडौं। नेपाल बैंकर्स संघले मुद्धती निक्षेपको ब्याजदर साढे ९ प्रतिशत घटाएको छ। संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको हो। यसअघि मुद्धती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत थियो।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी बैंकर्स संघको अध्यक्ष बनेकै दिनको पहिलो बैठकले निक्षेपको ब्याजदर घटाएको हो। उनले निक्षेपको ब्याजदर घटाउन प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई सबै बैकर्सले स्वीकार गरेका छन्।