मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा


ईकोनोमिक खबर, काठमाडौं । पूर्वविजेता फ्रान्स कतार विश्वकप फुटबलको फाइनलका प्रवेश गरेको छ । बिहीबार विहान ००ः४५ मा भएको खेलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो । 

अब आईतबार फ्रान्सले अर्को कडा प्रतिस्पर्धी तथा पूर्वविजेता अर्जेन्टिनाको सामना गर्नेछ । 

अफ्रिकी मुलुकबाट पहिलो पटक सेमिफाइनल सम्म पुगेको मोरक्को निकै आक्रामक र आशालाग्दो रहेपनि फाइनल खेल्ने रहर यो पटकलाई अन्त्य भएको छ । आफ्नो पक्षमा दर्शकहरुको निकै ठूलो साथ पाइरहे पनि आशा लाग्दा खेलाडीहरुलाई चोट लागेर गुमाएका कारण उसलाई आजको खेल सफलता बन्न बाट चुक्यो। 
 
यस खेलको पाँचौं मिनेटमा नै फ्रान्सका हर्नाण्डेजको गोलबाट शुरुवाती अग्रता फ्रान्सले जमायो । मोरक्कोले गोल गर्ने निकै प्रयास गरेपनि फ्रान्सको खेल रणनीतिक अत्यन्त सन्तुलित थियो । त्यसपछि ७९औं मिनेटमा कोलो मुआनीले गोल थप्दै फ्रान्सले फाइनल यात्रा सुनिश्चित गरेको थियो। 
सेमिफाइनलमा पराजित भए पनि मोरक्कोले तेस्रो स्थानका लागि शनिबार हुने खेलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ।

फ्रान्स यसअघिको विश्वकप विजेता पनि हो । यस पटक पनि विजेता बनेता लगातार विश्वकप जित्ने टिमको रुपमा उसले दोस्रो इतिहास बनाउने छ । सन् १९५८ र १९६२ मा पेलेले ब्राजिलपछि विश्वकप जिताए पछि लगातार विश्वकप जित्ने अर्को मुलुक छैन् । 

विश्वकप फुटबलको फाइनल आइतबार राति हुनेछ ।