ग्लोबल आईएमई शाखारहित सेवा थप


इकोनामिक खबर,
ताप्लेजुङ्ग, स्थनिय संवाददाता। ताप्लेजुङस्थित ग्लोबल आईएमई बैङ्कले छिमेकी जिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका–२ मा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ। हिलिहाङ–२ अमरपुरको सिँहापुर बजारमा बुधबार देखि ग्लोबल आईएमई ताप्लेजुङले दोस्रो शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ।

शाखारहित बैंकिङ्ग सेवाको हिलिहाङ–२ का वडाध्यक्ष भीमप्रसाद हेम्ब्याले उद्घाटन गर्नुभयो। शाखाको उद्घाटन गर्दै वडाध्यक्ष हेम्ब्याले ग्रामीण क्षेत्रमा आफ्ना शाखा र सेवाहरु बिस्तार गरेर सेवाग्राहीलाई सेवा प्राप्त गर्ने अवसर प्रदान गरेकामा ग्लोबल आईएमई बैङ्कको प्रशंसा गर्नुभएको छ।

यता ग्लोबल आईएमई बैङ्क ताप्लेजुङ शाखाका प्रवन्धक ज्योति काफ्लेले सिंहापुरमा शाखारहित बैंकिङ्ग सेवा स्थापना गरेसँगै सेवाग्राहीलाई सेवा प्रवाह गर्नथालेको जानकारी दिनुभयो। काफ्लेका अनुसार बैंकिङ्ग सेवामार्फत सेवाग्राहीले एक दिनमा ४० हजार रुपैयाँसम्म अन्यत्र पठाउन र ५० हजार रुपैयाँसम्म रकम झिक्न सक्ने भएका छन्।

शाखारहित बैङ्किङ सेवाका सिंहापुरका प्रतिनिधि चन्द्रकुमार उप्रेतीले बैङ्किङ सेवाका लागि अब स्थानीयले टाढा जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उप्रेतीले बैङ्किङ सेवामा खाता सञ्चालन गर्नेको भीड लाग्न थालेको पनि जानकारी दिनुभयो । यसअघि ग्लोबल आईएमई बैङ्कले ताप्लेजुङकै दोभान बजारमा शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएर सेवा प्रवाह गर्दै आएको छ ।