इकोनामिक खबर,
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको पुतली सडकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाकार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा भएको उक्त बैंकले जनाएको छ।
त्यस अवसरमा सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्नुका साथै शौक्षिक कर्जाको लागि विषेश नीति लिएको बताउनु भयो।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पुतली सडक शाखाबाट ग्राहकलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त समारोहमा मह जोडीले पुतली सडकमा सानिमा बैंक सञ्चालनमा आएकोमा पुतलीसडकबासीलाई बधाइ दिनु भयो।
सानिमा बंैकको उक्तशाखा समेतगरी हालसम्म ७८ वटाशाखा सञ्जाल तथा ७२ वटा एटीएम रहेका छन्।