एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने


ईकोनोमिक खबर, काठमाण्डौं।
आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेबसाईटबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ने.रु. क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन । क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्नेछ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुतगर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागी [email protected]/call@nmb.com.np मा ईमेल गर्न सकिनेछ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।