प्रत्येक बर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने यो तस्रो बर्ष हो । सोहि बमोजिम माघको पहिलो हप्तालाई कृषि जैविक विविधता सप्ताहकै रुपमा मनाउने गरिएको छ।
स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता भन्ने नाराका साथ माघ १ गते देखि ७ गतेसम्म मनाउने कार्यक्रम मध्ये पहिलो दिन रैथाने एग्री प्रोडक्टको केन्द्रिय कार्यालयमा विभिन्न ब्यक्तित्वको विच अन्तरकृया कार्यक्रम सम्पन्न भयो।
रैथाने एग्री प्रोडक्टको कार्यालयमा आयोजित कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा, उत्तरगया गाउपालिका अध्यक्ष माधव अर्याल, नेपाल युवा परिषदका अध्यक्ष सरोज बानिया लगायतका कुषि विज्ञ, रैथाने बालि उत्पादक कृषक र स्थानियहरुको विच अन्तरकृया कार्यक्रम सम्पन्न भयो।
हाम्रा कैयन सामाजिक, धार्मिक तथा साँस्कृतिक परम्परा एवं अवसरहरु कृषि जैविक विविधतासंग जोडिएका भएता पनि त्यस्ता विशेष पर्व वा अवसरहरुमा अन्तरनिहित कृषि जैविक विविधतासंग सम्वन्धित पक्षहरुलाई अपेक्षित रुपमा उजागर एवं प्रचार प्रसार गर्न नसकिएको प्रमुख देवकोटाले बताए।
यी सवैका लागि वनस्पति जातीय संरक्षण र किसान हकहित संरक्षण तथा भौगोलिक संकेत र वौध्दिक अधिकार प्राप्तिका लागि कानूनी व्यवस्था गर्ने तथा तीनै तहको समन्वयमा कृषि जैविक विविधताको संरक्षण र सम्बद्र्वन एवं रैथानेवाली र वस्तुको उत्पादन वृध्दि सहित उपभोक्ताहरुमा रैथाने बालीको पोषणको महत्ववारे लगायतका कार्यक्रमहरुको सञ्चालन भइरहने रैथाने एग्री प्रोडक्टका प्रमुख तिलक ढकालले बताउनु भयो।