ईकोनोमिक खबर,काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बंगलादेशी प्रधानमन्त्री सेख हसिना वाजेदसंग टेलिफोन वार्ता गरेका छन् । टेलिफोनमा प्रधानमन्त्रीले पैंचोमा रासायनिक मल उपलब्ध गराउन आग्रह गरेको बुझिएको छ।
क्षेत्रिय व्यापार र सम्बन्ध सुधारका बारेमा कुराकानी भएपनि प्रधानमन्त्रीको चासो मलमा रहेको थियो । मलको माग मथ्थर पार्नका लागि प्रधानमन्त्री नै लागि परेको बुझिएको छ । कृषि तथा पशुपन्छि विकास मन्त्री घनश्याम भुसाल नेतृत्वको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल ल्याउन नसकेपछि प्रधानमन्त्री आफै अघि सरेका हुन, कृषि मन्त्रालय स्रोतले ईकोनोमिक खबरलाई बताए।
यस अगाडीका कृषिमन्त्रीहरु गौरीशंकर चौधरी, रामकृष्ण यादव र चक्रपाणी खनालले जति पनि मन्त्री भुषालले काम गर्ने नसकेको चर्चा मन्त्रालय भित्र पर्ने गरेको छ। प्रचण्डका घरवेटीले कृषि सामग्री कम्पनिबाट यस पटक मल ल्याउने ठेक्का पाएपछि मन्त्रालय ठेकेदार प्रति नरम भएको छ। आफ्नै पद धरापमा पर्ने सक्ने भन्दै कोही पनि सहसचिवले कारवाहीको नेतृत्व गर्न नसकेको बुझिएको छ । धान सिजन सकिएपछि यूरिया मल आउने भएको छ।