
ईकोनोमिक खबर, काठमाडौं। गत शुक्रबार देखि उकालो लागेकोे सुनको मूल्यले मंगलबार पनि निरन्तररुपमा बढदै गएकोे छ । हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको भाउ रु ९०० ले बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रति तोलामा ९ सय रुपियाँ बढेको जनाएको छ। मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपियाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपियाँ तोकिएको छ।
चाँदीको भाउमा पनि मंगलबार सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ३९५ रुपैयाँ पुगेको छ।