इकोनामिक खबर,
दाङ, स्थानिय संवादाता। ‘बिधुत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिका लागि बिधुतको सदुपयोग गरौ’ भन्ने मूल नाराका साथ सुरक्षा दिवस २०७५ को अवसरमा आज तुलसीपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ।
बिधुत कार्यालयबाट सुरु भएको ¥याली तुलसीपुर बजारका विभिन्न भागको परिक्रमा गरी पुन कार्यालय परिसरमा आएर कोणसभामा परिणत भएको थिया ।
सो अवसरमा विद्युत् कार्यालयका प्रमुख दिपक चौधरीले विद्युत् चुहावट नियन्त्रण गर्नका लागि कार्यालयले विभिन्न समयमा जनचेतनामूलक कार्यक्रम तथा अनुगमन कार्यलाई निरन्तरता दिइरहेको बताउँदै यस कार्यमा सबैको सहयोगको अपेक्षा कार्यालयले लिएको बताउनुभयो।
यस क्षेत्रको बिधुत सेवालाई प्रभावकारी बनाउन आफूले हरप्रयास गरेको भन्दै उहाँले विद्युत्् सुरक्षामा पनि ध्यान दिन अनुरोध गर्नुभयो।
त्यस अवसरमा विद्यार्थी, उद्योग वाणिज्य सङ्घ, नागरिक अगुवा, कार्यालय प्रमुख जनप्रतिनिधिलगायतको सहभागिता थियो।