कुवेतमा ६ नेपालीको मृत्यु


ईकोनोमिक खबर,काठमाडौं।
कुवेतस्थित युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी मार्फत् अलमुत्ला सिटी प्रोजेक्टमा कार्यरत नेपाली मजदुरको ढिस्कोले पुरिएर ६ जनाको मृत्यु भएको छ, दुई जना नेपाली घाइते भएका छन् ।

घाईतेको कुवेतस्थित जाहारा अस्पतालमा उपचार भइरहेको छ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला माटो र ढुंगा मिसिएको ढिस्को खसेको थियो ।

मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

यसैगरी धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । शाहको कुवेतस्थित जाहारा अस्पतालमा उपचार भइरहेको र मण्डल उपचारपछि कम्पनीमा फर्किइसकेको कुवेतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् कुवेतस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति: