सिद्धार्थ बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न


ईकोनोमिक खबर, काठमाडौं।

सिद्धार्थ बैंकको १८औं वार्षिक साधारणसभा भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएकोे बैंकले जनाएको छ।

बैंकले लाभांश सहितका ११ प्रस्ताव पेश गरको थियो। बैंकले आर्थिक वर्ष 0७५/७६ को मुनाफबाट लगानीकर्तालाई बैंकको चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश गरि कुल २५।२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकले १० प्रतिशतले हुन् आउने ८८ करोड ८७ लाख ६० हजार ४ सय ५४ रुपैयाँ बराबरको बोनस शेयर र १५.२६ प्रतिशतले हुन् आउने १ अर्ब ३५ करोड ६५ लाख २९ हजार १ सय १४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। हाल बैंकको चुक्ता पूंजी ८ अर्ब ८८ करोड ७६ लाख रहेको छ।