
ईकोनोमिक खबर, काठमाडौं।
कृषि विकास बैंकले आफनो लगानीमा माईतिघरमण्डलामा नेपाली संस्कृति झल्किने गरी रंगोली सहितका चित्र आकर्षण ढंगले कोरीएको छ। मण्डलामा आकर्षण फूलका विरुवाहरुका साथै फलफुलको विरुवा समेत लगाईएको छ जसले मण्डलालाई सुन्दर, हरावरा बनाएको छ भने रातको समयमा ईलेक्ट्रीकबोर्डमा डिसप्ले भएको वृतचित्रले नेपालको संस्कृतीलाई समेटेको छ।
चीनका महामहिम राष्ट्रपति लगायत सम्पूर्ण पाहुनाहरुको मुख्य आकर्षणको केन्द्रविन्दु नै माईतिघरमण्डला भएको भान सबैले महसुुस गरेको देखिन्छ । साथै आज भोली माईतिघर मण्डला आम मानिसको सेल्फि खिच्ने केन्द्रविन्दु भएको छ।