खसी, बोका, च्याँङ्ग्राको मुल्य खाद्यले तोक्यो


ईकोनोमिक खबर, काठमाडौं।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय, थापाथलिमा उपत्यका बाहिरबाट खसीबोका आउने क्रम बढ्दो छ ज्युँदो खसी प्रतिकिलो ५ सय ५० र च्याँङग्रा ७ सय ३० रुपैयाँमा सरकारले बच्ने निर्णय आज गरेको छ।

यसपालि दशैंमा मूल्य बढ्ने संभावना अत्याधिक हुनाले सरकारले मुल्य तोकेको हो। हिन्दुको महान चाड दशैंमा बर्षभरीको मासुको माग बराबर यहि १ महिनामा खपत हुने गर्दछ। आमउपभोक्ताहरूले सहज रूपमा मासु उपयोग गर्न नसक्ने हुँदा दशैंमा मासुको विषयमा सार्वसाधारणले पनि सस्तो र सहजरुपमा पाउनका लागी मन्त्रालयको पहलमा आज दररेट कायम गरेको सहप्रवक्ता प्रदिप भट्टाराईले बताए।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसी तथा च्याँङग्राको मूल्य तोकेको छ । खसी र च्याँङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।

राजधानीका लागि आवश्यक राँगा, भैंसीहरु धनुषा, नवलपरासी, बाँकेबाट भित्रिएका छन, खसीबोकाहरु कपिलवस्तु, दाङ्ग, नेपालगञ्ज, नवलपरासी बाट आउने गर्दछ। माछा बारा, पर्सा र चितवनबाट, कुखुरा तथा अण्डा पोखरा, धादिङ्ग र चितवन बाट भित्रिएका थिए।