ईकोनोमिक खबर काठमाडौं।
काठमाडौं उपत्यका भित्र रहेका बिभिन्न सहकारी तथा बित्तिय संस्थाहरुमा चोरी गर्ने दुई जना पक्राउ परेका छन्।
प्रहरीले रामेछाप दोरम्बा गाउँपालिका– ४ का १८ वर्षिय सुनिल थापा मगर र सोही गाउँपालिका वडा नम्बर –७ का २१ वर्षिय दानबहादुर थापामगरलाई पक्राउ गरेको हो । उनिहरुले यहि भदौ २५ गते राति काठमाडौं महानगरपालिका–३२ पेप्सिकोला टाउनप्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी सस्थाको मुल ढोका फोडेर सेफसहित नगद चोरी लगेका थिए।
उनीहरुले सहकारीको ७ लाख ८९ हजार र बिभिन्न ब्यक्तिका कागजात लगायतका महत्वपुर्ण सर–सामान चोरी गरेका थिए । दुवैजनालाई सेफ फोड्न प्रयोग गर्ने फलामको रड, नगद ५३ हजार सहित पक्राउ गरी आवश्यक कारबाहिका लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ।