
ईकोनोमिक खबर, काठमाडौं।
सधै ओरालो लागेको शेयर बजारमा एक्कासी सोमबार ३३.६६ अंकले यूटर्न हुँदा नेप्से परिसूचक बढेर १५६१.८० अंकमा पुगेको छ ।
यस आ.ब.को बजेट भाषण पछि लागातार घट्दै आएको बिमाको परिसूचक १७५.३५ अंकले बढेको छ भने बैंक समूह समेत सोमबार अकस्मात माथि उक्लिएको छ । बैंक समूहको सूचक ३८.०१ अंकले बढेको हो।
होटल समूहको सूचक ३९.१४ अंकले घटे पनि अरु सबै समूहको सूचकमा हरियो देखिएको छ । विकास बैंक समूह २५.५६ अंक, जलविद्युत समूह ५७.१६ अंकल, बित्त समूह ६.७१ अंकले उक्लदा अन्य समूह २.३४ अंकले बढेको छ । सोमबार सेन्सेटिभ इण्डेक्स र फ्लोट इण्डेक्स क्रमशः ७.५५ र २.५१ अंकले बढेको छ।
सोमबार कुल १ सइ ३४ कम्पनी मध्ये १६ लाख २२ हजार ६ सय २८ कित्ता शेयर कारोबार भयो। जसमा कुल १ अर्ब १५ करोड १८ लाख ४४ हजारमा किनबेच भयो।