ईकोनोमिक खबर, काठमाडौं।
राष्ट्रिय बाणिज्य बैंकको देशैभरीमा स्मार्ट प्रविधिमा १४ वटा शाखाको उद्घाटन कार्यक्रममा बोल्दै बैंकका सिईओ किरण कुमार श्रेष्ठ समग्र बैंकको गत आ.ब.को वित्तिय विवरण प्रस्तुत गर्नुभयो।
गत आ.ब.मा निक्षेप १९० अर्व पुगेको छ, अघिल्लो आ.ब.मा १६४ अर्व रहेको थियो
गत आ.ब.मा कर्जा १४४ अर्व पुगेको छ, अघिल्लो आ.ब.मा अर्व ११७
यस बैंकले ४५.४६ प्रतिशतले मुनाफा वृद्धिभई ५ अर्व ३२ करोड आर्जन गर्न सफल भएको छ
बैंकको आधारदर ६.२० बाट अहिले ५.५ प्रतिशत रहेको छ।
पुँजिकोष अनुपात ११ प्रतिशत बढेर १३.२० पुगेको छ।
स्प्रीड रेट ४.५० बाट घटेर ४.४६ भएको छ।
सिसिडि रेसियो ७२.७८ प्रतिशत रहेको छ।
वाणिज्य बैंकको ब्याजदर सबैभन्दा कम छ । बैंकको बेसरेट साढे ५ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा बेसरेट अझै तल घटेको हो ।
बैंकले निक्षेपमा दिने ब्याजदरपनि कम छ । भने ऋणमा लिने ब्याजदरपनि कम नै छ ।
शाखा २२४ बाट १४ शाखाहरु बढेर २३६ शाखा बाट राष्ट्रिय बाणिज्य बैंकले सेवा प्रदान गर्ने छ। स्मार्ट आरविवि माध्यम बाट पुराना कागजातको सिस्टमलाई परिमार्जन भएका छन।