स्थानीय निकायबाट ईट्टा उद्योग नविकरणमा बाधा


ईकोनोमिक खबर, काठमाडौं।
देशभरीका विभिन्न गाँउपालिका तथा नगरपालिकाहरुले ईट्टा उद्योगको नविकरणमा बाधा अडचनले गर्दा नेपाली ईट्टा ब्यवसाय नै धरापमा पर्ने महासंघको आज भएको कार्यक्रमका वक्ताहरुले बताए।

नेपाली ईट्टा उद्योगमा हिजोको पम्परागत भुसे ईट्टालाई विस्थापित गर्दै आधुनिक प्रविधि प्रयोग गर्दै आएका छन, जसले गर्दा सरकारले तोकेको वायु प्रदुषणको मापदण्ड भित्र रहेर ईट्टा व्यवसाय संचालन गरीरहेको अवस्थामा पनि स्थानिय निकायले विभिन्न बाहानामा नगर क्षेत्रभित्र उद्योग संचालनमा रोक लगाउने, उद्योगको भौतिक संरचनामा क्षति पुर्याउने जस्ता कार्यले संबैधानिक हकहनन हुने हुनाले महासंघले आपत्ति जनाएकोछ।

काभ्रे क्षेत्र र काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकाको क्षेत्रमा रहेका ईट्टा उद्योग संचालनमा रोक लगाएको पत्र काटेको जानकारी गराएका छन। संघिय गणतन्त्रात्मक व्यवस्थामा बनेका तिन तहका सरकारले उद्योग प्रतिष्ठानको बिकास, ऐनकानुन बमोजिम पेशा, ब्यवसाय गर्नपाउने हकमा कुण्ठित हुने गरी नियमकानुन मिचेर दुखसास्ती दिनेकार्य बन्द गरी, यसको छानविन गरी तत्काल आवश्यक कदम चलाउनुपर्छभन्ने नेपाल ईट्टा उद्योग संघले सरोकारवाला सरकारी निकायको ध्यानाकर्षण गराएको छ।