कृषि विकास बैंक उत्साहजनक प्रगति गर्न सफलः


ईकोनोमिक खबर, काठमाडौं।
कृषि विकास बैंकको अहिलेको वित्तीय अवस्था अत्यन्त सबल र उत्साहप्रद रहेको छ । बैंकको ०७६ असार मसान्त तथा आ.व.को अन्तसम्मको प्रकाशित गरेको हो। तथ्यांक अनुसार बैंकको निक्षेप करिब रु. १ खर्व १९ अर्व तथा कर्जा लगानी १ खर्ब १० अर्ब पुगेको छ । सोही अवधिमा बैंकको पुँजी कोष २०.३३ प्रतिशत, निस्क्रिय कर्जा २.९ प्रतिशत, इक्विटीमा प्रतिफल १७.३५ प्रतिशत तथा प्रतिसेयर आम्दानी करिब ४४.६६ रहेको छ ।
निरन्तर रुपमा प्रतिस्पर्धात्मक प्रतिफल प्रदान गर्दै आएको बैंकले शेयरधनीलाई आगामी दिनहरुमा आकर्षण प्रतिफल दिन लागि परेको छ । बैंकले आर्थिक वर्ष ०७५।७६ मा कर पछिको खद नाफा ४ अर्व ३५ करोड आर्जन गरी एतिहासिक प्रगति गर्न सफल भएको छ । प्राप्त नाफालाई अघिल्लो आर्थिक वर्षसंग तुलना गर्दा खुद नाफामा करिब २० प्रतिशतले बृद्धि भएको छ भने वितरण योग्य नाफामा करिब ८ प्रतिशतले बृद्धि भएको छ । साथै बैंकले विस्तारीत, सघन, दिगो एवं पु्रडेन्ट बैंकिङ तथा सामाजिक अभिमुखीकरण सहितको बैंकिङ सेवालाई आधारभूत सिद्धान्तको रुपमा ग्रहण गर्दै बैंकका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
यसै सन्र्दभमा बैंकले सम्भाव्यताको आधारमा ग्रामीण क्षेत्रका शाखाहरुमा समेत कोर बैकिङ सिष्टम कार्यान्वयन गर्दै लगेको छ जस बाट दुर्गम क्षेत्रमा बसोबास गर्ने आम नेपाली दाजु÷भाई दिदी बहिनीहरुलाई समेत आधुनिक बैंकिङ्गका हरेक सेवाहरुबाट लाभान्वित भएका छन । मोबाईल बैंकिङ, एसएमएस बैंकिङ, भिसा कार्ड, ब्त्ः सेवा, आस्वा, सि–आस्वा, डिम्याट सुविधा, इन्टरनेट बैकिङ्ग , आईपिएस, लकर लगायतका आधुनिक बैंकिङ सेवाहरु बैंकका २७४ वटा शाखाहरुबाट उपलव्ध गराउंदै आएको छ ।