नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई बोनस


ईकोनोमिक खबर, काठमाडौं।
नेपाल विद्युत प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको बताउनुभयो।

उनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले मुनाफा दिइने बताए । निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलबका साथै भत्ता पनि बृद्धि गरिएको उनले जानकारी दिए। प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ । उर्जामा उल्लेख्य सफलता प्राप्त गरेको र गौरवको बर्ष भन्दै मन्त्रीले खुसी व्यक्त गरे।