ईकोनोमिक खबर, काठमाडौं।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार (सन २००९–२०१८) १० वर्षे प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ सार्वजनिक गरेको छ। नेपालमा हवाई दुर्घटना ७४ प्रतिशत जसमा मानविय त्रुटिलाई विशेष कारणको रुपमा लिएको पाईन्छ। हवाई दुर्घटना सुधारात्मक स्थीतीमा रहेको हुनाले अव ईयुले लिष्ट बाट हटाउनु पर्ने सबै सरोकारवालाको भनाई छ।
नेपालको हवाई उडान सुरक्षामा ५.७ टन मुनिका साना जहाज ‘चुनौती’ देखिएका प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले ५.७ सय टनभन्दा मुनि तौल भएका साना जहाजको रेकर्ड राख्ने नगरेको उनको भनाइ छ । ‘ईयूलाई हामीले यो कुरा भन्यौं,’ उनले भने, ‘त्यसैले हामी उसको ट्र्यापमा परिसक्यौं ।’ ईयूको हेलिकप्टर सुरक्षाप्रति प्रश्न गरिरहेको उनको भनाई छ । प्रतिवेदन अनुसार हेलिकप्टर दुर्घटना र मृत्युदर बढेको छ।
दोस्रो कारणमा लस अफ कन्ट्रोल इन फ्लाइट छ। यसबाट २६ प्रतिशत दुर्घटना हुने गरेको छ । धावनमार्गमा चिप्लिने पनि अर्को कारण हो । यसको दर अत्यधिक देखिए पनि मानवीय क्षति भएको देखिएको छैन ।
क्याप्टेन रामेश्वर थापाले भने नागरीक उडडयन प्राधिकरणलाई उही २० बर्षे ऐन मुताविक संचालन गर्नु भन्दा हवाई नियामक निकाय छुटटै र सेवा संचालनमा लानु पर्ने देखिन्छ। नयाँ मन्त्रि आउने आफ्नो क्षेत्रका बारीको पाटोमा धावनमार्ग थप्ने कार्यमात्र हुने यसमा कुनै नयाँ कार्य नहुने बताउनुभयो।
ईयु र आईकाओको पछिल्लो पटक नेपालको हवाई सुरक्षामा दुई विषय उठाउँदै आएको छ । एउटा, नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउँदै नियामक र सेवा प्रवाह गर्ने दुई निकाय बनाउनुपर्ने उसको भनाई छ । हरेक वर्ष भइरहेका हेलिकप्टर दुर्घटनाको दर घटाउनुपर्नेमा पनि उसले जोड दिएको छ ।
अति नै संवेदनशिल क्षेत्रमा नविन प्रविधि, हवाई सुरक्षामा सुधार र सबै पक्षको साथ सहयोग भएमा उडडयन क्षेत्र छिटै नै सुधारात्मक काम गर्न सकिने बताउनु भयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन २००९ देखि २०१८ सम्म १० वर्षे प्रतिवेदन सार्वजनिक गरेका हुन्।