नेपाल राष्ट्र बैंकको नयाँ परिपत्र सिइओ र सञ्चालकको उमेर हद स्थगित


ईकोनोमिक खबर, काठमाडौं।
सर्वोच्च अदालतले बैंक तथा वित्तिय संस्थाको सिईओको उमेर हदबन्दिमा पद गुमाउनेका लागी राहत हुने भएको छ। सर्वोच्चबाट जारी उत्पे्रषणमा नेपाल राष्ट्र बैंक विपक्षि र प्राइम बैंकका सिईओ नारायण दास मानन्धरको पक्षमा फैसला आज भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको सिइओको उमेर हद तोक्नु ऐन, विनियम विपरित भएको ठहर छ। बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३को दफा २९मा कार्यकारी प्रमुखको नियुक्ति र सेवा शर्त सम्बन्धी कानूनी व्यवस्था गरेको र सो कानुनी व्यवस्थामा योग्यताको निर्धारण गर्दा अन्य कुराका अतिरिक्त उमेर हदका सम्बन्धमा दफा १८को उपदफा (१) बमोजिम २५ बर्ष उमेर पुरा भएको हुनुपर्ने भनि उल्लेख भएतापनि अधिकतम उमेर हदका सम्बन्धमा विधायिकी कानुनले सीमा निर्धारण गरेको वा रोक लगाएको अवस्था देखिएन। जसमा निवेदकको नेपालको संविधानको मौलिक हक अन्तर्गत पेशा तथा रोजगार गर्ने संवैधानिक हक, अधिकार कुण्ठित हुने भएकोले यो उत्प्रेषण जारी भयो। अन्तिम फैसला नभएसम्मका लागी यथास्थितिमा राख्नु, यथावत पदमा कामकाज गर्नदिने आदेश जारी भयो।
अव विपक्षिले १५ दिन भित्रमा आदेश जारी हुनुनपर्ने कानून बमोजिमको के कति आधार कारण पेश गर्नुपर्नेछ।
नेपाल राष्ट्र बैंकले चालु आ.ब. बाट नयाँ परिपत्र जारी गर्दै सिइओ र सञ्चालकको उमेर हद तोकेको थियो । यस नियमको असरमा प्राइम बैंकका सिइओको पद उमेर हदका कारण स्वतः गुमेको थियो। ऐन नियम विपरित भएको भन्दै मानन्धरले सर्वाेच्चमा रिट दायर गरेका थिए आजको इजलासमा फैसला नभएसम्मका लागी यो नियम लागु नहुने भएको छ।