Feb 27, 2025

शेयर बजारमा कारोवार झिनो रुपमा बृद्धि


ईकोनोमिक खबर, काठमाडौं।
आजको शेयर बजारमा कारोवार रकम निक्कै खुम्चिएको छ। नेप्से परसूचक सामान्य अंकले बढेपछि कारोवार रकम २९ करोडमै खुम्चियो। नेप्से परिसूचक ३ दशमलव ३९ अंकले बढेर १२ सय ५९ दशमलव ३७ बिन्दुमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटीभ इन्डेक्स १ दशमलव ०३ अंकले बढेर २ सय ७२ दशमलव १४ बिन्दुमा पुगेको छ। कारोवारमा सुचिकृत १२ मध्ये चारवटा समूहका मात्र सूचक घटेका छन्। १ सय ७१ कम्पनीका १० लाख १३ हजार ७ सय ९४ कित्ता शेयर किनवेच हुँदा २९ करोड ४३ लाख ५ हजारको कारोवार भएको छ।