ईकोनोमिक खबर,काठमाडौं।
सफल किसानलाई अझ शसक्त बनाउन अनुदान तथा ऋण परिचालन गर्नकालागी प्रदेशमा नै सहजता प्रदान गर्नका लागी यस किसिमको कार्यक्रम उपलब्ध गराउन लागेको हो।
प्रदेश नं. ३ सरकारले सहुलियत पूर्ण कृषि कर्जा तथा कृषि अनुदान कृषकहरुमा परिचालन गर्नका कृषि विकास बैंक संग समझदारी गरेको छ। आज हेटौंडामा प्रदेश ३ को भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि बिकास बैकका बिचमा सहुलियतपूर्ण ऋण र अनुदानको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।
प्रदेश सरकारले ३ नंं.प्रदेशका सबै कृषक र कृषि क्षेत्रमा काम गर्नेहरुका लागि सहुलियत रुपमा ऋण उपलब्ध गराउन हस्ताक्षर गरेको बताएको छ । समझदारी पत्रमा मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्की र कृषि बिकास बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।