३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट उपत्यका प्रदुषित


ईकोनोमिक खबर, काठमाडौं।

काठमाडौँ उपत्यकामा समग्र प्रदुषण मध्ये ३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट हुने गरेको पाइएको छ।
राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘वातावरण प्रदूषण र मानवअधिकार एक अध्ययन प्रतिवदेन सार्वजनिक तथा वातावरण विधेयक–२०७५’ विषयक अन्तरक्रियामा उपत्यकामा सवारीसाधनले अत्याधिकरुपमा सवारी साधनमा बृद्धि हुनाका साथै यातायातमा बाताबरण मापदण्ड विपरीतका सवारीसाधनले ३१ प्रतिशत प्रदूषण हुने गरेको छ।

प्रतिवेदनको आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले सार्वजनिक गर्दै सवारीसाधनबाट हुने अनियन्त्रित प्रदूषणलाई न्यूनीकरण गर्न कानूनी व्यवस्था र सरकारले मापदण्डसमेत बनाई गरे तापनि वायु प्रदूषण कमी नभई बढ्दै गएको उनले बताए।

आयोगले काठमाडौँ उपत्यका सहित, नुवाकोट, रुपन्देही, दाङ, बाँके, कैलाली, बर्दिया, कञ्चनपुर, मोरङ, सुनसरी, इलाम, धनुषा लगायतका १५ जिल्लाको वातावरण प्रदूषण र मानवअधिकारको अवस्थाका बारेमा अध्ययन गरेको थियो । प्रतिवेदनमा २० वर्षभन्दा पुराना सवारीसाधन वायु प्रदूषणको मुख्य कारक रहेको आयोगका शाखा अधिकृतले जानकारी दिनुभयो।