ईकोनोमिक खबर, काठमाडौं।
राष्ट्रिय बाणिज्य बैंकले नयाँ ब्याजदर तोकेको छ। सामान्य बचतमा वार्षिक ४ प्रतिशत ब्याजदरमा बढोत्तरी गरी यति पुर्याएको छ।
तथा अन्य वचतखातामा पनि वार्षिक ६ प्रतिशत ब्याजदर दिएको छ ।
यो बैंक नेपाल सरकारको पूर्ण स्वामित्व भएको बैंक हो। सुरक्षित, भरपर्दो, बढि ब्याजदिने बैंक राष्ट्रिय बाणिज्य बैंकको रुपमा स्थापित छ। सबैको विश्वास जित्न सफल बैंकको रुपमा रहेको छ।
सहुलियितपूर्ण कर्जामा ५ प्रतिशत ब्याजदर रहेको छ। जसमा कृषि, बैदेशिक रोजगार, महिला उद्यमशिल, विपन्न बर्गका लागी विशेष सहुलियितपूर्ण कर्जाका लागी राज्यद्धारा बर्गीकरण गरेका क्षेत्रहरु हुन।
हाउजिंग कर्जा, गाडी कर्जा, शेयर, सुन, शैक्षिक कर्जा, ब्यापार तथा उद्योग कर्जा लगायतमा ५.३८ आधार दररेटमा ५ प्रतिशत सम्म थपहुनेछ कर्जामा विशेष सह्लियत प्रदान गरेको बैंकले जनाएको छ।