जनक शर्मा पौड्याल आए सनराइज बैंकका सि.ई.ओ.मा


ईकोनोमिक खबर, काठमाडौं।

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा जनक शर्मा पौड्याल नियुक्त भएका छन यस अघि ग्लोबल आईएमई बैंकका सि.ई.ओ थिए।
सनराइज बैंकको संचालक समितिको बैठकले पौड्याललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तका सर्वसम्मत निर्णय पारीत गरेको छ।

पौड्यालले ६ महिना अगाडि ग्लोबल आइएमई बैंकबाट प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका थिए।

यसअघि सनराइज बैंकको संचालक समितिमा संचालकहरुको विवादले गर्दा निरज श्रेष्ठलाई सनराईज बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा समस्या भएको थियो ।