ईकोनोमिक खबर, काठमाडौं।
नेपालगन्जबाट काठमाडौंको लागी उडेको एटिआर ७२ यति एयरलाइन्सको विमान अवतरण हुने अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्ग बाट चिप्लिएर दुर्घटनामा परेको छ । नेपालगञ्जबाट आएको यति एयरलाइन्सको ए टी आर ७२ विमान अवतरण गर्ने क्रममा चिप्लिएको र सबै यात्रुहरु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवत्ताले बताएका छन ।दुर्घटनामा १ जना घाइते भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । अन्य यात्रहरुलाई भने सकुशल र केहिलाई साधारण उपचारका लागी अस्पताल लगेको जानकारी दिए ।
धावनमार्गमा जहाज चिप्लिएपछि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द भएको छ। अविरल बर्षाका कारण र विमानको समस्याले गर्दा अहिले देशको एकमात्र आन्तरीक र बाह्य उडानको चाप रहने यस विमानस्थलमा अहिले बढि चाप रहेको प्रवत्ताले बताए। घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । सबै सुरक्षित रहेको र उनीहरुलाई जहाजबाट बाहिर निकालिसकिएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।