मुक्तिनाथ विकास बैंक उन्नाइसौं वर्षमा प्रवेश


मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो अठारौं वर्ष पूरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार देशभर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।

FB_IMG_1735918800007-1735918888.jpg
बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंसहित क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ्ग, पोखरा, बुटवल र कोहलपुरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरेको छ ।

जलवायु परिवर्तन र वातावरण संरक्षणलाई लक्षित गर्दै कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच “Art for Earth: Combating Climate Change” शीर्षकमा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता सम्पन्न भयो। कुल ४७६ विद्यार्थी सहभागी भएको प्रतियोगितामा जुलेन गुरुङ सर्वोत्कृष्ट घोषित भई रु. ५०,००० नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे। क्षेत्रीय स्तरका विजेतालाई जनही रु. १०,००० नगद र प्रमाणपत्र प्रदान गरियो।FB_IMG_1735918752636-1735918986.jpg

“मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार” 

बैंकले कृषि क्षेत्रमा अनुसन्धानमूलक पत्रकारिता गर्ने उत्कृष्ट तीन पत्रकारलाई “ मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार” प्रदान गर्यो। सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाडौं), र माधव प्रसाद अर्याल (पाल्पा) क्रमशः रु. ३५,०००, रु. २५,००० र रु. १५,००० नगद पुरस्कारसहित सम्मानित भए।FB_IMG_1735918852180-1735919054.jpg

केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष भरत राज ढकालले गरे। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकका हालका उपलब्धिहरू र भावी योजनाबारे जानकारी दिए।

संस्थागत गीत विमोचन र १० वर्ष सेवा अवधि पूरा गरेका ४१ जना कर्मचारीको सम्मान कार्यक्रमका अन्य मुख्य आकर्षण थिए।

बैंकले सातै प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न गरेको छ। कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति, पुस्तकालय स्थापना, न्यानो कपडा र स्टेशनरी वितरण, सरसफाइ अभियान, बागमती सफाई महाअभियानलाई सामाग्री हस्तान्तरण, वित्तीय र डिजिटल साक्षरता अभियानजस्ता कार्यक्रम सञ्चालन गरियो।

साथै, धार्मिक-सांस्कृतिक विकासका लागि आर्थिक सहयोग र स्थानीय निकायहरूसँग सहकार्यमा फर्निचर तथा उपकरण हस्तान्तरण पनि गरियो।