प्रभु डिजिटल क्युब- नयाँ वर्ष २०२५को शुरुवातसँगै स्वचालित काउण्टर सञ्चालनमा


प्रभु बैंक लिमिटेडले नयाँ वर्ष २०२५ को शुरुवातसँगै  ‘प्रभु डिजिटल क्युब’ नामक स्वचालित काउण्टर सञ्चालनमा ल्याएको छ।

यस काउण्टरमार्फत ग्राहकहरूले बिद्युतीय कारोबारको सुविधा प्राप्त गर्न सक्नेछन्, जसले बैंकिङ्ग सेवाको सहजता र छिटो प्रक्रियालाई सुनिश्चित गर्नेछ।

‘प्रभु डिजिटल क्युब’ काउण्टरमा ग्राहकहरूले नगद जम्मा गर्न, नगद पुनःचक्रण गर्न, चेक जम्मा गर्न, खाताको स्टेट्मेन्ट प्रिन्ट गर्न, एटीएम र किओस्क मेशिनबाट नगद जम्मा र निकाल्न सक्नेछन्। 

यस सेवाले कार्यालय समयको पर्खाइ बिना, ग्राहकहरूलाई कुनैपनि समयमा बैंकिङ्ग सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ।

यस प्रविधि सेवाले बैंकको मुख्य कार्यालय, बबरमहलमा शुरुआत भएको छ र निकट भविष्यमा अन्य स्थानहरूमा पनि यसको विस्तार गरिने छ।

यस नयाँ सेवाले ग्राहकलाई अधिक सन्तुष्ट र सुविधाजनक बैंकिङ्ग अनुभव दिने र ग्राहक वर्ग यसबाट पर्याप्त लाभ उठाउने प्रभु बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले यस डिजिटल सेवाबाट नेपालमा बैंकिङ्ग कारोबारलाई अझ प्रविधिमैत्री बनाउन चाहेको छ।