भारतीय बीएलके सुपर स्पेसलिटी तथा नानाभाती सुपर स्पेसलिटीअस्पतालसँग सम्झौता


इकोनोमिक खबर, काठमाडौं । सनराइज बैङ्क लिमिटेडले र भारतस्थितबीएलके सुपर स्पेसलिटी तथा नानाभाती सुपर स्पेसलिटी  हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौता अनुसार अब सनराइज बैङ्कका सम्पूर्ण डेबिट तथा क्रेडिट कार्ड ग्राहकले सो हस्पिटलका विभिन्न सेवा सुविधामा अधिकतम ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।

सम्झौतापत्रमा सनराइज बैङ्कका तर्फबाट बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख बिक्री तथा बजार प्रबन्धक सुनिल कपुरले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार सनराइज बैङ्कका सम्पूर्ण डेबिट तथा क्रेडिट कार्ड ग्राहकले साधारण परीक्षणदेखि भर्ना खर्चसम्ममा ५० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्टमेन्टको समन्वय, विमानस्थलमा ल्याउने र पु¥याउनेलगायत अन्य सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने भएका छन् ।

यसैगरी, ग्लोबल आइएमई बैङ्कले पनि उक्त हस्पिटलहरुले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्भौता पत्रमा रेडियन्ट लाईफ केयर प्रा. लिका व्यवसाय सञ्चालन प्रमुख सुनील कपुर र ग्लोबल आइएमई बैङ्क लि. का तर्फबाट सहायक महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाले हस्ताक्षर गर्नुभएको हो ।